देहरादून, 26 सेप्टेम्बर (हि.स.)। राज्यपाल लेफ्टिनेन्ट जनरल गुरमीत सिंह (से.नि.)- सित शुक्रवार राजभवनमा ‘‘राष्ट्रिय एकता यात्रा’’-मा आएका लद्दाखको नुब्रा घाटीका विद्यार्थीहरूले भेट गरे। यस अवधि राज्यपालले विद्यार्थीहरूसित सम्वाद गर्दै उनीहरूको जीवनको लक्ष्यको बारेमा प्रश्न गरे अनि उनीहरूसित उच्च लक्ष्य निर्धारण गरी निरन्तर प्रयासरत रहनका लागि प्रेरित गरे।
भारतीय सेनाको ‘‘अपरेशन सद्भावना’’ अन्तर्गत आयोजित यस यात्रामा नुब्रा घाटीका 30 जना छात्र-छात्रा एवं 6 जना शिक्षकहरू सामेल छन्य आफ्नो पारम्परिक वेशभूषामा आएका यी विद्यार्थीहरूले पहिलो पटक लद्दाखदेखि बाहिर निक्लेर देहरादूनस्थित आईएमए, आरआईएमसी औ एफआरआई जस्ता प्रतिष्ठित संस्थानहरूको भ्रमण गरिरहेका छन्। यात्राको उदेश्य बाल-बालिकाहरूलाई देशका विविध संस्कृति, परम्परा, विकास, तकनीकी प्रगति औ सामाजिक-आर्थिक परिवेशसित परिचित गराउनु हो ताकि उनीहरूको व्यक्तित्वको समग्र विकास हुन सकोस्।
राज्यपालले विद्यार्थीहरूसित सम्वाद गर्दै उनीहरूको जीवनको लक्ष्यको बारेमा सोधे अनि उनीहरूलाई उच्च लक्ष्य निर्धारण गरी निरन्तर प्रयासरत रहनको लागि प्रेरित गरे। उनले भने, विद्यार्थीहरूले आफ्नो आत्मविश्वासलाई सदैव कायम राखुन् तथा दृढ़ संकल्पबाट आफ्नो सपनालाई साकार बनाउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा