इम्फाल, 26 सेप्टेम्बर (हि.स.)। मणिपुर पुलिसले इम्फाल पूर्व जिल्लामा नशालु पदार्थहरूको ठूलो खेपलाई जफत गरेको छ। मदाक पदार्थसितै एकजना 38 वर्षीय आरोपीलाई पनि पक्राउ गरिएको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा शुक्रवार बताइयो, खुरई कोनसम लेइकाई निवासी मिसनाम गीतचन्द्र (38) नामक आरोपीलाई पोरोमपत पुलिस थाना अन्तर्गत खुरई साजोर लेइकाईबाट पक्राउ गरियो। संदिग्धबाट तस्करीका श्रोत एवं नेटवर्कको पत्तो लगाउनको लागि जाँचबुझ गरिँदैैछ।
छापामारीमा अधिकारीहरूले घटनास्थलबाट 23,304 ट्रामाडोल ट्याबलेट, 1,390 नाइट्रापाल ट्याबलेट औ 1,383 बोतल बेरकोडेक्स सिरप जफत गरे। पुलिसले भन्यो, यो कारबाही राज्यमा अवैश नशालु पदार्थविरूद्ध संचालित अभियानको एक महत्वपूर्ण भाग हो। यो अभियान एक स्थानीय नागरिकक संगठनका सदस्यहरूको सहयोगमा संचालन गरिएको हो।
पुलिसले बतायो, गत 24 सेप्टेम्बरको दिन संचालित अर्को अभियानमा मणिपुर पुलिसले काकचिंग जिल्लाको वांगु थाना अन्तर्गत नुंगुग लमखाई क्षेत्रबाट चार सय लीटर डीआईसी रक्सी लिएर गइरहेको टोइटा हाई राइडरलाई समात्यो। जफत गरिएक उक्त रक्सीलाई घटनास्थलमै नष्ट गरियो। तथापि यस सम्बन्धमा कसैलाई पक्राउ गरिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा