- एउटा रूख आमाको नाम कार्यक्रम अन्तर्गत वृक्षरोपण, स्थानीय मानिसहरू तथा विद्यार्थीहरू सामेलनयाँ दिल्ली, 26 सेप्टेम्बर (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)-का मेयर जय भगवान यादवको नेतृत्वमा शुक्रवार बेगमपुर वार्डमा सेवा पखवाड़ा अन्तर्गत एक विशेष सफाई अभियान संचालन गरियो। यसको साथै “एउटा रूख आमाको नाम” कार्यक्रम अन्तर्गत वृक्षरोपण गरियो जसबाट स्वच्छता अनि पर्यावरण संरक्षको सन्देश दिइयो। यस अवसमा स्थानीय मानिसहरू लगायत विद्यार्थी नानीहरूले व्यापक रूपमा भाग लिए।
यस अवसरमा मेयरले भने, स्वच्छता एउटा जिम्मेवारी मात्र होइन, हामी सबैको दायित्व पनि हो। आफ्ननो वरपरको वातावरणलाी स्वच्छ र हरियाली बनायौं भने मात्र एक स्वस्थ एवं सुरक्षित भविष्य सुनिश्चित गर्न सक्नेछौं। यो कार्यक्रम एक प्रेरमा हो र यस्तो आयोजनले समाजमा स्वच्छता तथा पर्यावरणप्रति जागरूकता फैलाउनेछ।
उनले भने, “दिल्लीलाई स्वच्छ तथा हरियाली राख्नु हाम्रो प्राथमिक कर्तव्य हो जसको लागि साामूहिक प्रयास गर्न आवश्यक छ।” जय भगवान यादवले भने, यस पहलको माध्यमबाट बेगमपुर मण्डलका निवासीहरूले स्वच्छता तथा पर्यावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ सशक्त बनाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा