सिलगढ़ी, 26 सेप्टेम्बर (हि. स.)। उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल (एनबीएमसीएच)-मा शुक्रवार एकजना रोगीको मृत्यु भएको कारण तनाउ फैलियो। मृतकको नाम विश्वजीत जन्दा (36) रहेको छ जो बागडोगरा निवासी रहेको बताइएको छ। विश्वजीत आज बिहान शारीरिक व्यथाको समस्या लिएर मेडिकल कलेजमा आएका थिए। आपतकालीन विभागमा शुरूआती जाँचपछि उनलाई मेडिसिन विभागमा भर्ती हुन लगाइयो।
भनिन्छ, मेडिसिन विभाग लैजाँदा-लैजाँदै तिनको कोरिडरमै मृत्यु भयो। आरोप छ, रोगीलाई लैजानको लागि ट्रली उपलब्ध थिएन जसले गर्दा उनलाई काँधमा बोकेर मेडिसिन विभागमा लगिएको कारणले तिनको कोरिडरमा मृत्यु भयो।
परिवारको आरोप छ, ट्रली नभएको कारणले समयमा मेडिसिन विभागमा पुऱ्याउन अगाव रोगीको मृत्यु भयो। मेडिकल अधिकारीहरूको लापरवाहीको कारणले रोगीको मृत्यु भएको हो। यस घटनाको कारणले मेडिकल कलेज परिसरमा तनाउ फैलियो। तथापि यस मामिलामा अहिलेसम्म मेडिक अधिकारीको पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा