कोलकाता, 26 सेप्टेम्बर (हि.स.)। बंगालको खाड़ीमा एउटा नयाँ निम्न दबाव क्षेत्र सक्रिय भएको छ जसले गर्दा पश्चिम बंगालमा दुर्गा पूजाको अवधिमा मौसम बिग्रिने आशंका व्यक्त गरिएको छ। शुक्रवार अलिपुर मौसम विभागले चेताउनी जारी गर्दै भनेको छ, समुद्र उग्र रहनेछ जसले गर्दा शनिवारदेखि आइतवारसम्म मछुआराहरूलाई समुद्र किनारमा नजाने परामर्श दिइएको छ।
जानकारी अनुसार मध्य र उत्तर बंगालको खाड़ीमा निर्मित चक्रवातीय परिसंचरण 26 सेप्टेम्बर अर्थात शुक्रवार गहिरो निम्न दबाव क्षेत्रमा परिणत हुनेछ र 27 सेप्टेम्बरमा यो स्थलीय भागमा प्रवेश गर्नेछ। यसको प्रभावबाट दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुनेछ। यस अवधि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नेछ। तटीय क्षेत्रहरूमा हावाको रफ्तार 50 किलोमीटर प्रतिघण्टा हुनसक्छ।
शुक्रवार चतुर्थीको दिन विक्षिप्त रूपमा वर्षा हुने अनुमान छ भने राती तटीय जिल्लाहरमा वर्षाको तीव्रता बढ़्नसक्छ। शनिवार अर्थात पञ्चमीको दिन दक्षिण 24 परगना र झाड़ग्राममा घना वर्षा हुने सम्भावना छ। साथै कोलकातामा छुटपुट वर्षा हुनसक्छ।
आइतवार (षष्ठी), सोमवार (सप्तमी) र मंगलवार (अष्टमी) -को दिन गंगेय दक्षिण बंगालमा रोकिँदै हल्कादेखि मध्यम वर्षाको सिलसिला शुरू हुनेछ। बीच-बीचमा घाम पनि लाग्नसक्छ, तर त्यसबेला आद्रतापूर्ण गर्मीले मानिसहरूके बेहाल हुनेछ।
बुधवार नवमीको दिन मौसममा फेरि परिवर्तन आउने सम्भावना छ र वर्षाको घेरा बढ़्नसक्छ। नवमी तथा दशमीमा पश्चिम बंगालका पश्चिमी एवं तटीय जिल्लाहरूमा भारी वर्षाको चेताउनी दिइएको छ।
उत्तर बंगालमा पनि भारी वर्षा हुनसक्छ। शनिवार जलपाईगुड़ी र अलिपुरद्वारमा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ भने दार्जीलिङदेखि मालदासम्म सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। 27 सेप्टेम्बरमा उत्तर बंगालका सबै जिल्लाहरूमा वर्षाको गतिविधि तीव्र हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा