नयाँ दिल्ली, 26 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, “हाम्रो युवाशक्ति नै विकसित भारत- 2047 को निर्माणकर्ता हो। उनले स्वदेशी वस्तुहरूलाई अप्नाउने, हिन्दीको प्रचार-प्रसार अनि नवाचार तर्फ अग्रसर हुनेमाथि बल दिइन्। मुख्यमन्त्रीले शुक्रवार दिल्ली विश्वविद्यालयको दीनदयाल उपाध्याय कलेजको वार्षिक पुरस्कार वितरण समारोहमा विद्यार्थीहरूलाई सम्मानित गरेपछि कार्यक्रमलाई सम्बोधन गरिरहेकी थिइन्।
मुख्यमन्त्रीले समारोह अवधि कलेजका विद्यार्थीहरूसित सम्वाद गर्दै भनिन्,- “युवाहरूको विचार, ऊर्जा एवं राष्ट्रप्रेम नै दिल्ली तथा देशकाो उज्ज्वल भविष्य हो। उनले कलेजका नवनिर्वाचित छात्र संघलाई शुभकामना पनि दिइन्।
मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, ”हाम्रो सरकार आउनसाथ दिल्ली विश्वविद्यालयको कलेजमा वेतन तथा इन्फ्रास्ट्रक्चरसित सम्बन्धित समस्याहरूको तत्काल समाधान गऱ्यो ताकि शिक्षाको गुणस्तरमाथि कुनै आँच नआओस्।” उनले भनिन्, “पण्डित दीनदयाल उपाध्यायले दिएका अन्त्योदयको मन्त्रलाई यो संस्थानले जीवन्त पार्दछ। आज प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा यही मूलय् राष्ट्र निर्माणकको आधारशिला बनिरहेको छ। यस अवसरमा विधायक सन्दीप सहरावत, कलेज फ्याकल्टी औ दिल्ली विश्वविद्यालयका अनेकौ मानिसहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा