अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ
अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ


गान्तोक, 26 सेप्टेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका नेता अरुण लिम्बू बिहिवार जेलबाट छुटेका छन्। लिम्बूलाई केही समयअघि राज्यका मुख्यमन्त्री र उनकी धर्मपत्नी विरुद्ध कथित अपमानजनक भिडियो प्रसारण गरेको आरोपमा पक्राउ गरिएको थियो।

एसडीएफ पार्टीले अरुण लिम्बू जेलबाट छुटेकोमा खुशी व्यक्त गरेको छ। उनी घर फर्कनु लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय रहेको एसडीएफले ठहर गरेको छ।

तिमी नामफिङस्थित लिम्बूको घरमा उनलाई भव्य स्वागत जनाइएको एसडीएफले आज प्रेस विज्ञप्ति जनाएको छ। यस अवसरमा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङ लगायत पार्टी कार्यकर्ताहरू, शुभचिन्तकहरू र परिवारका सदस्यहरू सामेल थिए। चामलिङले उनको रिहाईप्रति खुशी व्यक्त गर्दै अरुण लिम्बू जस्ता युवाहरूले भविष्यका लागि सकारात्मक उदाहरण प्रस्तुत गरिरहेको बताए। उनले सिक्किमका युवाहरूलाई धर्मको मार्ग अपनाउन र अन्याय अघि कहिल्यै नझुक्न आह्वान गरेका छन्।

एसडीएफ पार्टीले लिम्बूको दृढ़ निश्चय र न्यायप्रति उनको प्रतिबद्धताको सम्मान गर्दछ भन्दै उनको रिहाई सत्यको शक्ति र जनताको अटूट समर्थनको प्रमाण रहेको बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande