अजमेर ओपन जेलको बन्दी फरार, जोधपुर जेलबाट भएको थियो शिफ्ट
अजमेर ओपन जेलको बन्दी फरार, जोधपुर जेलबाट भएको थियो शिफ्ट


अजमेर, 26 सेप्टेम्बर (हि.स.)। अजमेर सेन्ट्रल जेलको ओपन जेलबाट सजाय काटिरहेको बन्दी फरार भएको रिपोर्ट सिविल लाइन्स थाना पुलिसले दर्ता गरेको छ। थानाधिकारी शम्भू सिंह अनुसार, अजमेर सेन्ट्रल जेल प्रहरी विजय कुमारले बाडमेर निवासी बाबू खां उर्फ लालू खां नामको सजाय काटिरहेको बन्दी ओपन जेल अजमेरबाट फरार भएको रिपोर्ट दर्ता गराएका छन्।

थानाधिकारीले बताए, नवाड़ा बेरा पुलिस थाना मन्डली जिल्ला बाडमेर निवासी बाबू खां सेशन न्यायालयको आदेशमा जोधपुर जेलमा थियो। जहाँबाट उलाई गत 23 सेप्टेम्बरमा अजमेरको ओपन जेलमा राख्ने आदेश आएको थियो। बन्दीलाई अजमेर ओपन जेलमा शिफ्ट गरियो। 24 सेप्टेम्बरमा बन्दीको बिहान हाजिरी भयो।

बिहानको हाजिरीपछि ओपन जेलको बन्दी काम गरी मजदूरीको निम्ति जान्छन्, उ पनि गएको थियो तर साझँ हाजिरीको समय बन्दी उपस्थित भएन। यस अवस्थामा जेल प्रहरी विजय कुमारले सिविल लाइन्स पुलिसलाई लिखित सूचना दिएको छ, जसमा मामिला दर्ता गरी आरोपी बन्दीलाई खोज्नु शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande