स्कूल ब्यागबाट प्रचुर मात्रामा गांजा जफत
स्कूल ब्यागबाट प्रचुर मात्रामा गांजा जफत


जलपाइगढ़ी, 26 सेप्टेम्बर (हि.स.)। सिलगढ़ी-जलपाइगढ़ी राष्ट्रिय राजमार्गमा फुलबाड़ीको राधारबाड़ी क्षेत्रबाट दुई स्कूल ब्यागबाट प्रचुर मात्रामा गांजा जफत गरिएको छ। सूत्रहरू अनुसार, शुक्रवार बिहान एक होटल मालिकले राधारबाड़ी क्षेत्रमा सड़क छेउ खाली ठाउँमा दुई वटा स्कूल ब्याग बेवारिस लड़ेको देखे। यसको सूचना एनजेपी थाना पुलिसलाई दिइयो।

सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो र ब्याग खोलेर हेर्दा दंग पऱ्यो। ती ब्यागहरूभित्र प्रचुर मात्रामा गांजा थियो। जसपछि पुलिसले गांजा भरेको ब्यागलाई जफत गरी थाना लग्यो। एनजेपी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ। खबर लेखिञ्जेलसम्म उक्त मामिलामा कसैलाई पक्राउ गरिएको थिएन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande