आगराको ओभर ब्रिजमा निलम्बित सिपाहीको शव भेटियो
आगराको ओभर ब्रिजमा निलम्बित सिपाहीको शव भेटियो


आगरा, 27 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा आगरा जिल्लाको सिकन्दरा थाना क्षेत्र आगरा-मथुरा हाईवेमा निर्मित ओभर ब्रिजमा शनिवार निलम्बित सिपाहीको शव भेटियो। सूचना पाएर घटनास्थलमा पुगेको सिकन्दरा पुलिसले जाँचपछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

डीसीपी सिटी सोनम कुमारले बताए, फुट ओभर ब्रिजमा भेटिएको शवलाई कब्जामा लिएर पुलिसले जाँच गऱ्यो। यस अवधि भेटिएको परिचय पत्रबाट मृतकको पहिचान बुलन्दशहर जिल्लाको सुजापुर गाउँ निवासी व िनोद (30), पुत्र विवेकको रूपमा भएको छ जो आगराको थाना पिनाहटमा तैनाथ थिए भने अहिलेघरि सेवाबाट निलम्बित भएका थिए। शवको नजिकै मुसा मार्ने औषधि पनि भेटिएको छ जसबाट प्रथम दृष्टया आशंका व्यक्त गरिँदैछ कि यसै मुसा मार्ने औषधि खाएर सिपाहीले आत्महत्या गरेका हुन्। तथापि घटनास्थलमा कुनै सुसाइड नोट भेटिएन। फोरेन्सिक टीमले घटनास्थलमा पुगेर जाँच गरी आवश्यक प्रमाण जुटाएको छ।

डीसीपी सिटीले बताए, विवेकको बारेमा जानकारी प्राप्त भएको छ कि तिनी 2015 ब्याचका सिपाही थिए। गत 27 जुलाई, 2025-मा छुट्टी लिएर घर गएदेखि फर्केर आएनन्। अनुपस्थित रहेको कारणले विवेकलाई 28 जून. 2025- मा निलम्बन गरिएको थियो। निलम्बन कालमा मृतक सिपाही विवेक पुलिस लाइन आगरासित आवद्ध थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande