हतियारसितै छःजना आरोपी पक्राउ
हतियारसितै छःजना आरोपी पक्राउ


लातेहार, 27 सेप्टेम्बर (हि.स.)। लातेहार पुलिसले हतियारसितै छःजना आरोपीहरूलाई पक्राउ गरेको छ। लातेहार एसपी कुमार गौरवलाई प्राप्त सूचनाको आधारमा गरिएको कारबाहीमा पुलिसलाई ठूलो सफलता हासिल भएको छ। पक्रा पर्ने अपराधीहरूमा रूपेश कुमार ,सुरेन्द्र कुमार ,विनोद गंझु, बादल गझू, सुनिल कुमार यादव र राजगीर गंझू सामेल छन् भने यिनीहरू सबै नै चतरा जिल्लाका हुन्।

शनिवार आयोजित एक प्रेसवार्तामा एसपी कुमार गौरवले बताए, पुलिसलाई केही अपराधीहरू जिल्लाको बरियातु थाना अ्तर्गत मनातु रेलवे स्टेशन निकट भेला भएर बसेको अनि कुनै ठूलो अपराधलाई परिणाम दिने योजना बनाइरहेको गुप्त सूचना प्राप्त भएको थियो। त्यसपछि डीएसपी विनोद रवानीको नेतृत्वमा पुलिसको टीम गठन गरेर अपराधीहरूलाई खोज्न छापामारी गरियो। यस अवधि पुलिसले छःजना अपराधीहरूलाई पक्राउ गऱ्यो। जाँचबुझमा अपराधीहरूले बताए, यिनीहरूले एउटा आपराधिक संगठन बनाएर भिन्न-भिन्न नक्सली संगठनहरूको नाममा हिंसक घटनाहरूलाई परिणाम दिँदै आइरहेका छन्। केही दिनअघि लातेहार जिल्लाको बरियातु थाना क्षेत्रमा भएको घटनामा पनि यी सबै अपराधीहरू सामेल थिए। पक्रा पर्ने अपराधीहरूबाट दुईवटा पेस्तोल, 28 हजार 5 सय रुपियाँ नगद सहित अन्य सामानहरू जफत गरिएको छ। छापेमारीमा डीएसपी विनोद रवानी अतिरिक्त इन्स्पेक्टर परमानन्द बिरुआ, थाना प्रभारी रञ्जन कुमार पासवान, थाना प्रभारी अमरेन्द्र कुमार, सब इन्स्पेक्टर जितेन्द्र कुमार, अनुभव सिन्हा होसेन डांग सहित अन्य पुलिस अधिकारीहरूको भूमिका महत्वपूर्ण रह्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande