बाढ़ी प्रभावित जिल्लाहरूमा सतर्क भएर बचाउ कार्य गरियोस्ः मुख्यमन्त्री
बाढ़ी प्रभावित जिल्लाहरूमा सतर्क भएर बचाउ कार्य गरियोस्ः मुख्यमन्त्री


मुम्बई, 28 सेप्टेम्बर (हि.स.)। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले आइतवार महाराष्ट्रको मराठवाड़ाका बाढ़ी प्रभावित आठ वटा जिल्लाहरूका जिल्लाधिकारीहरूसित फोनमा सम्पर्क गरी सबै प्रभावितहरूलाई हरसम्भव सहयोग गर्ने निर्देश दिएका छन्। तर यसको लागि सतर्कता पनि आवश्यक छ। मुख्यमन्त्रीले भने, बाढ़ीग्रस्त क्षेत्रहरूमा हरेक राहत अनि बचाउ कार्य गर्नुपर्छ, कसैलाई पनि कुनै प्रकारको समस्या नहोस्। साथै प्रभावितहरूलाई खानपानको व्यवस्था पनि गरियोस्।

मुख्यमन्त्री सचिवालय सूत्रले आइतवार पत्रकारहरूलाई बतायो, मुख्यमन्त्रीले आज छत्रप्रति सम्भाजीनगर, बीड, हिंगोली, जालना, लातूर, नांदेड़, धाराशिव, परभणी औ सोलापुरका जिल्ला कलेक्टरहरूसित स्वयं फोन गरी सम्पर्क गरे अनि राहत कार्यहरूको स्थितिको समीक्षा गरे। उनले प्रत्येक स्थानमा जारी राहत अनि बचाउ कार्यहरूको जायजा लिए साथै सुझाउ पनि दिए। उनले राहत शिविरहरूमा भोजन, पानी एवं स्वास्थ्य सुविधाहरूको उचित व्यवस्था गर्ने आदेश दिए। चारोको अभाव रहेका जिल्लाहरूमा तत्काल चारोको व्यवस्था गर्ने आदेश पनि दिए।

उल्लेखनीय छ, मराठवाड़ा विभागका केही जिल्लाहरू बाढ़ीको चपेटमा परेका छन्। यी जिल्लाहरूमा बितेका केही दिनदेखिकै लगातार पानी परिरहेकोले तथा जलाशयहरूको पानी नदीमा छोड़िरहेकोले जलस्तर बढ़ेर बाढ़ी आएको छ। यी जिल्लाहरूमा बाढ़ीको कारणले घरमा राखिएका सामानहरू सबै नष्ट भएका छन्। भने फसलहरू पानीमा डुबेर नष्ट भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande