लेह शहरमा छैठौं दिनपनि कर्फ्यू, उपराज्यपालले सुरक्षा स्थितिको समीक्षाको निम्ति बोलाए बैठक
लेह


लेह, 29 सेप्टेम्बर (हि.स.)। हिंसा प्रभावित लेहर शहरमा सोमवार छैठौं दिनपनि कर्फ्यू जारी रह्यो। कर्फ्यूग्रस्त क्षेत्रहरूमा स्थिति शान्तिपूर्ण नै रह्यो र कतैबाट पनि कुनै अप्रिय घटनाको सूचना छैन। संवेदनशील क्षेत्रहरूमा पुलिस र अर्धसैनिक बलहरूको भारी तैनाती गरिएको छ र उसले कानून-व्यवस्था बनाइ राख्नको निम्ति कड़ा निगरानी राखिरहेको छ। उपराज्यपाल कविन्दर गुप्ताले समग्र सुरक्षा स्थितिको समीक्षाको निम्ति आज एक बैठक बोलाएका छन्।

एक अधिकारीले भने, 24 सेप्टेम्बरमा शहरमा व्यापर हिंसामा मारिएका दुई युवाहरू स्टैनज़िन नामग्याल (24) र जिग्मेट दोरजय (25) को आइतवार अन्तिम संस्कार गरियो। लेह शहरमा मोबाइल इन्टरनेट सेवाहरू अहिलेपनि निलम्बित छ जबकि कारगिल सहित केन्द्र शासित प्रदेशका अन्य प्रमुख हिस्साहरूमा पाँच वा त्यसभन्दा अधिक मानिसहरू एकत्र हुनमा रोक लगाइने निषेधाज्ञा पनि लागू छ। बन्दमा व्यापक हिंसक विरोध प्रदर्शनहरूपछि बुधवार साँझ लेह शहरमा कर्फ्यू लगाइएको थियो। झड़पहरूमा लगभग 80 पुलिसकर्मीहरू सहित 150 भऩ्दा अधिक मानिसहरू घाइते पनि भए।

प्रदर्शनपछि दुई पार्षद समेत 60 भन्दा अधिक मानिसहरूलाई हिरासतमा लिइयो। यसमा जलवायु कार्यकर्ता सोनम वांगचुक पनि सामेल छन्, जसलाई शुक्रवार राष्ट्रिय सुरक्षा कानून अन्तर्गत पक्राउ गरिएपछि राजस्थानको जोधपुर जेलमा शिफ्ट गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande