नयाँ दिल्ली, 03 सेप्टेम्बर (हि.स.)। जीएसटी परिषदको दुई दिवसीय बैठक बुधवारदेखि यहाँ शुरू भइरहेको छ, जसमा रोजमर्रामा प्रयोग हुने वस्तुहरूमा ट्याक्स कम गर्न माल एवं सेवा कर (जीएसटी) मा अहम बदलाव गर्नुमाथि विचार गर्नसकिन्छ। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणको अध्यक्षता रहेको यस परिषदमा सबै राज्यहरूका प्रतिनिधित्व छन्।
यस बैठकमा जीएसटी सुधार प्रस्तावमाथि छलफल हुने सम्भावना छ। प्रस्तावित सुधारहरूमा वर्तमान 12 प्रतिशत र 28 प्रतिशतको ट्याक्स स्ल्याबलाई हटाएर केवल 5 प्रतिशत र 18 प्रतिशतका दुई कर दरहरू राखिनु प्रमुख छन्। यस बाहेक केही खास वस्तुहरूमा 40 प्रतिशतको विशेष दरले कर लगाइनेछ।
उल्लेख्य, स्वतन्त्रता दिवसको आफ्नो भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले जीएसटी सुधारहरूको योजनाबारे बताएका थिए। जसपछि केन्द्र सरकारले प्रारम्भिक समीक्षाको निम्ति विभिन्न राज्यहरूका मन्त्रीहरूको समूहको साथ प्रस्तावित सुधारहरूको मस्यौदा साझा गऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी