छत्तीसगढ़: गणेश विसर्जन गर्न गइरहेका ग्रामीणहरूको बोलेरोको ठक्करले 3 जनाको मृत्यु, धेरै घाइते
छत्तीसगढ़: गणेश विसर्जन गर्न गइरहेका ग्रामीणहरूको बोलेरोको ठक्करले 3 जनाको मृत्यु, धेरै घाइते


नयॉं दिल्ली, 03 सेप्टेम्बर (हि.स.)। छत्तीसगढको जशपुर जिल्लामा मंगलवार अबेर राति गणेश विसर्जन गर्न गइरहेका ग्रामीणहरूको बोलेरो वाहनले सडकमा हिडिरहेका धेरै मानिसहरूलाई हिर्काएको छ। दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने 20 भन्दा धेरै घाइते भएका छन्।

सबै घाइतेहरूलाई बगीचा अस्पतालमा लगिएको छ। गम्भीर रूपमा घाइते व्यक्तिहरूलाई अम्बिकापुर रेफर गरिएको छ। ग्रामीणहरू बगीचा थानाको जुरूडाड़मा गणेश विसर्जन गर्न गइरहेका थिए।

गणेश विसर्जनमा सामेल प्रत्यक्षदशीहरू अनुसार, बोलेरो वाहन रायकेरातिर आइरहेको थियो र तीव्र गतिका कारण अनियन्त्रित भएर भिडभित्र पस्यो। दुर्घटनाको समय 100 भन्दा धेरै मानिसहरू विसर्जन जुलूसमा सामेल थिए र गणपति प्रतिमाको साथमा पोखरीतिर गइरहेका थिए। तीव्र गतिमा रहेको बोलेरोले हिर्काउॅंदा मानिसहरू ढले र धेरै जना गाडीमुनि चेप्टिए।

यस घटनापछि हलचल मचियो। दुर्घटनामा अरविन्द (19 वर्ष), विपिन कुमार प्रजापति (17 वर्ष), खिरोवती यादव (32 वर्ष) को घटनास्थलमै मृत्यु भयो भने 20 भन्दा धेरै घाइते भएका छन्। यसपछि, अक्रोशित भीडले चालकलाई समातेर कुटपिट गऱ्यो। वाहनमा चढेका अन्य मानिसहरू घटनास्थलबाट भागे।

घटनाको बारेमा सूचना पाउनसाथ पुलिस बल त्यहॉं आइपुग्यो र रेस्क्यू अभियान शुरू गरेर घाइतेहरूलाई अगीचा अस्पताल पुऱ्यायो। अस्पतालमा मेडिकल टीमले प्राथमिक उपचार गरेर गम्भीर रूपमा घाइते मानिसहरूलाई अम्बिकापुर रेफर गऱ्यो। जशपुर कलेक्टर रोहित व्यास, एसएसपी शशि मोहन सिंह अबेर राति अस्पताल पुगे र घाइतेहरूसॅंग भेट गरेर मद्दतको आश्वासन दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande