एक टुक्रा जमीनको लागि दाज्युले भाइको गऱ्यो हत्या, एकजना हिरासतमा
एक टुक्रा जमीनको लागि दाज्युले भाइको गऱ्यो हत्या, एकजना हिरासतमा


अररिया 06 सेप्टेम्बर (हि.स.)। अररियाबाट एक हृदयविदारक घटना सामु आएको छ जहाँ आफ्नै दाज्युले परिवारका सदस्यहरूसित मिलेर भाइमाथि धारिलो हतियारले प्रहार गरी हत्या गरिदियो। हत्याको कारण दाज्यु-भाइबीच सानो टु्क्रा जमीनलाई लिएर भएको विवाद बताइँदैछ।

मामिला जिल्लाको नरपतगञ्ज थाना अन्तर्गत फरही पञ्चायतको जोगीपुर वार्ड नम्बर- 12 मा भएको हो। गए शुक्रवार अबेर साँझ पहिलाबाटै भइरहेको जमीनको विवादलाई लिएर पहिला काका र भतिजामा विवाद भयो। यस विवादमा परिवारका अन्य सदस्यहरू पनि सामेल भए। यस अवधि दाज्युले आफ्नो छोरा र अन्यसित मिलेर भाइलाई मरूञ्जेल कुटे सातै भाला र धारिलो हतियारले प्रहार गरी हत्या ग रिदियो। मृतकको नाम विशेन्दर मण्डल, पिता स्व. महावीर मण्डल रहेको छ।

घटनापछि परिवारले उसलाई गम्भीर स्थितिमा अनुमण्डलीय अस्पताल फारबिसगञ्जमा लगियो जहाँ ड्यूटीमा तैनाथ डाक्टरहरूले प्राथमिक उपचारपछि उसलाई मृत घोषित गरिदिए। डीएसपी मुकेश कुमार साहा, नरपतगञ्ज थानाध्यक्ष सञ्जय कुमार दलबल सहित फारबिसगञ्ज अनुमण्डलीय अस्पतालमा पुगे अनि घटनाको जानकारी प्राप्त गरी जाँच प्रक्रिया शुरू गरे।

मामिलालाई लिएर फरबिसगञ्ज एसडीपीओ मुकेश कुमार साहाले बताए, मृतकमाथि कुटपिट गरियो। हत्याको आरोप दाज्यु, भतिजा र परिवारका अन्य सदस्यहरूमाथि लगाइएको छ। प्रथम दृष्टया यो हत्याको मामिला प्रतीत भइरहेको छ। शवलाई पोस्टमर्टम गर्न पठाइएको छ। पोस्टमर्टम रिपोर्ट आएपछि नै केही भन्न सकिन्छ। एसडीपीओ मुलाईकेश कुमार साहाले घटनालाई गम्भीर रूपमा लिएर कारबाही गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande