बलरामपुर, 6 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को बलरामपुर जिल्लामा गत मंगलवार राती भएको लुत्ती बाँध दुर्घटनामा एउटै परिवारका पाँंचजना मानिसहरूको मृत्यु भइसकेको छ। गए शुक्रवार साँझ दुर्घटनामा आफू मात्र बचेका राम वृक्ष यादवले आफ्ना मृत पत्नी, गर्भवती दुईजना बुहारी र नाता-नातिनीहरू सहित पाँचजनाको एकैसाथ अन्तिम संस्कार गरे। यस अवधि सम्पूर्ण वातावरण शोकाकुल भएको थियो।
उल्लेखनीय छ, छत्तीसगढ़ जिल्लाको बलरामपुरस्थित धनेशपुर ग्राममा बितेको मंगलवार रााती लगभग 10 बजे पानीले भरिएको लुत्ती बाँध अचानक भत्कियो जसले गर्दा पानी कहर भएर गाउँभित्र पस्यो। यो पानीले राम वृक्षको सम्पूर्ण परिवार र घरलाई एकसाथ बगायो। राम वृक्ष मात्र भाग्यले बचे।
प्रशासनमाथि लापरवाहीको आरोपदुर्घटनामा आफन्त गुमाएका परिवारहरूले प्रशासनमाथि गम्भीर आरोप लगाएका छन्। उनीहरूको भनाइ छ, बितेको तीन वर्षदेखिकै ड्याम लिक भइरहेको थियो। तर जल संसाधन विभागले यसको मरम्मत गराएन जसले गर्दा यो दुर्घटना भएको हो। अर्कोतिर जल संसाधन विभागका ईई एनपी डहरियाको भनाइ छ, बाँधमा कुनै पनि लिकेज थिएन। बाँध वर्षाको कारणले भत्किएको हो। तथापि यस्तो घटनाको पुनरावृत्ति हुन नदिनको लागि प्रशासन तयार बस्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा