गान्तोक, 06 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले इन्द्रजात्रा पर्वको शुभ अवसरमा राज्यवासीहरूलाई शुभकामना दिएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भने, 'इन्द्रजात्रा पर्वको पावन अवसरमा म नेवार समुदायसहित सम्पूर्ण राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिॅंदछु। यो पर्व श्रद्धा र सामाजिक एकताको अनुपम संगम हो, जुन भगवान इन्द्रलाई समर्पित छ, जससॅंग हामी वर्षा, अन्न र सामूहिक कल्याणको कामना गर्दछौं।'
नेवार समाजले मनाउने यो उत्सव केवल धार्मिक आस्थाको प्रतीक होइन, तर हाम्रो सांस्कृतिक विरासत र सामाजिक सौहार्दको पनि जीवन्त उदाहरण हो भनी राज्यपालले बताएका छन्। उनले सिक्किम विविधतामा एकताको अनुपम उदाहरण रहेको बताउॅंदै यहॉं सबै समुदायहरूले आफ्ना परम्पराहरूको पालन गर्छन् र एक अर्काको संस्कृतिलाई सम्मान गर्छन् भनी उल्लेख गरेका छन्।
राज्यपालले यस अवसरमा प्रदेश भगवान इन्द्रसॅंग राज्यलाई नयाँ चेतना, नयाँ सृजन र नयाँ सफलताको आशीर्वाद दिन प्रार्थना गरेका छन्। उनले सबैको जीवनमा सुख, शान्ति र समृद्धिको वास होस् र सिक्किम राज्य सौहार्द, भाइचारा र सांस्कृतिक समरसताको बन्धनमा अझ बलियोसॅंग बॉंधिएर बसौं भनी कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल