नयाँ दिल्ली, 06 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले जमैका लेबर पार्टीका नेता डा. एन्ड्र्यू होलनेसलाई बधाई दिएका छन्। प्रधानमन्त्रीले जमैकाको संसदीय चुनाउमा जमैका लेबर पार्टीको लगातार तेस्रो पल्ट जितमा खुशी व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले एक्समा बधाई दिँदै लेखेका छन्, म भारत-जमैका मैत्री सम्बन्धलाई अझ् प्रगाढ़ बनाउने तथा दुवै देशहरूबीच सहयोगलाई अझ् मजबूत गर्ने आशा गर्दछु।
उल्लेख्य, जमैकाका प्रधानमन्त्री एन्ड्र्यू होलनेसले बिहिवार बिहानै एक कड़ा प्रतिस्पर्धापछि तेस्रो पल्ट चुनाउमा जित हासिल गरे। होलनेसको जमैका लेबर पार्टीले 34 र मार्क गोल्डिङको विपक्षी पीपल्स नेशनल पार्टीले 29 सीटमा जित हासिल गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी