नयाँ दिल्ली, 05 सेप्टेम्बर (हि.स.)। भारतले अस्ट्रेलियाका धेरै शहरहरूमा भएका एन्टी-इमिग्रेन्ट (प्रवासन विरूद्ध) प्रदर्शनहरूमा चिन्ता व्यक्त गरेको छ। अस्ट्रेलियाई सरकारले भारतको चिन्ताहरूको संज्ञान लिँदै स्वीकार गरेको छ कि यो प्रदर्शन उसको बहुसांस्कृतिक समाजको निम्ति चिन्ताको विषय हुनसक्छ। भारतले आश्वासन दिएको छ कि भारत विदेशमा बस्ने भारतीयहरूको सुरक्षा र कल्याणको निम्ति प्रतिबद्ध छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले शुक्रवार साप्ताहिक पत्रकार वार्तामा अस्ट्रेलियामा भारतीयहरू विरूद्ध हालमा भएका प्रदर्शनहरूमा प्रतिक्रिया दिए। प्रवक्ताले भने, 31 अगस्तमा अस्ट्रेलियाका धेरै शहरहरूमा एन्टी-इमिग्रेन्ट प्रदर्शन भयो। यस अवधि भारतको उच्चायोग र महावाणिज्य दूत लगातार अस्ट्रेलियाई सरकार र भारतीय समुदायको सम्पर्कमा रहे।
जायसवालले बताए, अस्ट्रेलियाको सरकार र विपक्ष दुवैका वरिष्ठ नेताहरूले बयान जारी गरी त्यहाँको बहुसांस्कृतिक पहिचानलाई समर्थन दिएका छन्। उनीहरूले भारतीय अस्ट्रेलियाई समुदायको योगदानको पनि सराहना गरे औं भारतवंशीहरूले अस्ट्रेलियाको विकासमा अहम भूमिका निभाएको स्वीकार गरे।
विदेश मन्त्रालयका प्रवक्ताले भने, भारत विविधतालाई शक्ति ठान्दछ। भारत र अस्ट्रेलियाबीच व्यापक रणनीतिक साझेदारी छ, जसमा मानिसहरूबीच सम्बन्ध धेरै महत्वपूर्ण छ। यही आपसी सम्बन्धले दुवै देशको रणनीतिक साझेदारीलाई अझ् मजबूत बनाउँदछ। उनले आश्वासन दिए, भारत सरकार विदेशमा बस्ने भारतीयहरूको सुरक्षा र कल्याणको निम्ति प्रतिबद्ध छ। यस सिलसिलामा भारत लगातार अस्ट्रेलियाई सरकार र त्यहाँका प्रवासी संगठनहरूको सम्पर्कमा छ।
हिन्दुस्थान समाचार / भवानी थामी