भोटानका प्रधानमन्त्री टोब्गेले सपरिवार गरे श्रीरामललाको दर्शन
भोटान


अयोध्या, 05 सेप्टेम्बर (हि.स.)। भोटानका प्रधानमन्त्री दासो छिरिङ टोब्गेले शुक्रवार आफ्नो परिवारको साथ अयोध्याको श्रीराम जन्मभूमि मन्दिरमा श्रीरामललाको दर्शन गरे औं मन्दिरको भव्यताको सराहना गरे। टोब्गेलाई ट्रस्टका पदाधिकारीहरूले मन्दिर निर्माणसित जोड़िएका तमाम जानकारीहरू दिए। उनी मन्दिर पुग्दा जिल्ला प्रशासनले सुरक्षाको कड़ा व्यवस्था गऱ्यो।

यस अगाड़ी भोटानका प्रधानमन्त्री दासो छिरिङ टोब्गे बिहान लगभग 9.30 बजी स्थानीय महर्षि वाल्मीकि अन्तरराष्ट्रिय हवाई अड्डा पुगे। जिल्ला प्रशासनको तर्फबाट रेडकार्पेटमा राज्य सरकारका मन्त्री सूर्य प्रताप शाही, मेयर गिरीश पति त्रिपाठी, जिल्लाधिकारी निखिल टीकाराम फुन्डे र एसएसपी डा. गौरव ग्रोवरले उनको स्वागत गरे। उनको साथ उनकी पत्नी पनि थिई। यसपछि भोटानका प्रधानमन्त्री अयोध्या एयरपोर्टबाट सीधा राम मन्दिर पुगे।

श्रीरामजन्म भूमि मन्दिर पुग्दा श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महामन्त्री चम्पत राय र ट्रस्टक सदस्य डा. अनिल मिश्रले उनको स्वागत गरे। यसपछि भोटानका प्रधानमन्त्रीले श्रीरामललाको दर्शन गरी पूजा अर्चना गरे। उनले पत्नीको साथ राम दरबारमा पनि दर्शन गरे औं मन्दिरसित जोड़िएको इतिहास पनि जाने। ट्रस्टका महामन्त्री चम्पत रायले उनलाई मन्दिर निर्माणसित जोड़िएका सबै जानकारी दिए। भोटानका प्रधानमन्त्री लगभग 1 घण्टा 40 मिनटसम्म राम जन्मभूमि परिसरमा रहे। उनले मन्दिरको भव्यताको सराहना गरे औं आफ्नी पत्नीको साथ सम्झनाको निम्ति फोटोहरू पनि लिए। यसपछि उनी स्थानीय होटल रामायणाको निम्ति प्रस्थान भए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande