जोधपुर, 05 सेप्टेम्बर (हि.स.)। राजस्थानको जोधपुरमा राष्ट्रिय स्वयंसेवक संघको अखिल भारतीय समन्वय बैठकको आज शुक्रवार शुभारम्भ भयो। सरसंघचालक डा. मोहन भागवत र सरकार्यवाह दत्तात्रेय होसबालेले भारत माताको चित्रमा फूल चढ़ाएर बैठकको उद्घाटन गरे। तीन दिवसीय यस बैठकमा संघ र त्यससित जोड़िएका 32 संगठनहरूका अखिल भारतीय पदाधिकारीहरूले भाग लिइरहेका छन्।
संघका अखिल भारतीय प्रचार प्रमुख सुनील आम्बेकरले बताए, संगठन मन्त्रको सामूहिक वाचनको साथ शुरू भएको बैठकमा विभिन्न संगठनहरूका प्रतिनिधिहरूले आ-आफ्नो क्षेत्रहरूमा नयाँ प्रयोगहरूको निवेदन गरे। उनले बताए, यस बैठकमा प्रमुख रूपमा सबै 6 सह सरकार्यवाह तथा विश्व हिन्दू परिषदका अध्यक्ष आलोक कुमार, संगठन मन्त्री मिलिन्द पराण्डे, राष्ट्र सेविका समितिकी प्रमुख संचालिका शान्ता अक्का, प्रमुख कार्यवाहिका ए. सीता गायत्री अखिल भारतीय विद्यार्थी परिषदका अध्यक्ष डा. राजशरण शाही, संगठन मन्त्री आशीष चौहान, सक्षमका अध्यक्ष डा. दयाल सिंह पवार, संगठन मन्त्री चन्द्रशेखर, पूर्व सैनिक सेवा परिषदका अध्यक्ष ले.ज. विष्णुकान्त चतुर्वेदी, भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डा, संगठन महामन्त्री बीएल सन्तोष, वनवासी कल्याण आश्रमका अध्यक्ष सत्येन्द्र सिंह, संगठन मन्त्री अतुल जोग, सीमा जागरण मंचका संयोजक मुरलीधर बैठकमा सहभागी भइऱहेका छन्।
बैठक परिसरमा 500 वर्ष पूर्व औपनिवेशिकता विरुद्ध भारतीय महिलाहरूको संघर्षकी प्रतिमूर्ति रानीअबक्का द्वार र हल्दीघाटी द्वारको माध्यमले सभागारमा प्रवेशको रचना गरिएको छ साथै भक्तिमति मीरा बाई, खेजड़लीकी पर्यावरण बलिदानी अमृता देवीकी सुन्दर रंगोलीले सजाइएको छ।
समन्वय बैठकमा वर्षभरिका कार्यहरू एवं त्यसका अनुभवहरूको आदान-प्रदान गरिनेछ। साथै पंच परिवर्तन (सामाजिक समरसता, कुटुम्ब प्रबोधन, पर्यावरण अनुकूल जीवन, स्व आधारित रचना, नागरिक कर्तव्य पालन) संघ शताब्दी वर्षका कार्यक्रमहरू तथा राष्ट्रिय शिक्षा नीति 2020 का प्रयासहरूमाथि चर्चा हुनेछ। अनुभवहरूको आदान-प्रदान, दिशा-निर्धारण र सुझाउहरू एवं समन्वयको उद्देश्यले जोधपुरमा आयोजित यो बैठक 7 सेप्टेम्बरमा समाप्त हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी