
जम्मू, १० जनवरी (हि.स.)। जम्मू सम्भागको सांबा जिल्लामा अन्तरराष्ट्रिय सीमासँग जोडिएको अग्रिम क्षेत्रमा पाकिस्तानबाट ड्रोनमार्फत खसालिएको हतियारको एक खेप सुरक्षाबलहरूले बरामद गरेका छन्।
अधिकारीहरूका अनुसार, आउँदो गणतन्त्र दिवस समारोहलाई बाधा पुर्याउने आतङ्कवादीहरूको कुनै पनि प्रयासलाई असफल पार्न कड़ा सुरक्षा व्यवस्थाका बीच हतियारहरूको खेप बरामदग गरिएको हो। बरामद गरिएको खेपमा दुईवटा पेस्तोल, तीनवटा म्यागजिन, १६ राउन्ड गोली तथा एकवटा ग्रेनेड सामेल छन्।
अधिकारीहरूले बताएअनुसार, सीमा पारिबाट ड्रोनको शंकास्पद गतिविधिको सूचना प्राप्त भएपछि सीमा सुरक्षा बल (बीएसएफ) र जम्मू–कश्मीर पुलिसको विशेष अभियान समूह (एसओजी) को संयुक्त टोलीले शुक्रबार राति घगवाल क्षेत्रको पलोरा गाउँमा खोजी अभियान शुरु गरेको थियो। खोजीका क्रममा टोलीले एउटा नालाको किनारमा पहेंलो टेपले बेरिएको प्याकेट फेला पारेको थियो। बम निष्क्रियकरण दस्ताको सहयोगमा उक्त प्याकेट खोल्दा हतियारहरू बरामद गरिएको हो।
हाल उक्त क्षेत्रमा खोजी अभियान जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी