प्रधानमन्त्रीले युवाहरूको ऊर्जा र संकल्पलाई विकसित भारतको शक्ति बताए
pm modi


दिल्ली, १० जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई सशक्त र समृद्ध बनाउने दिशामा देशका युवाहरूको ऊर्जा, उत्साह र प्रतिबद्धतालाई सबैभन्दा ठूलो शक्ति बताएका छन्। उनले युवापुस्ताको अदम्य जोशले ‘विकसित भारत’ को संकल्पलाई नयाँ गति प्रदान गरिरहेको उल्लेख गरे।

प्रधानमन्त्री कार्यालयद्वारा जारी जानकारीअनुसार, प्रधानमन्त्री मोदीले १२ जनवरीका दिन राजधानी दिल्लीमा आयोजना हुने विकसित भारत यङ्ग लिडर्स डायलग कार्यक्रममा देशभरबाट आएका युवा नेताहरूलाई सम्बोधन गर्नेछन्। यो संवाद मञ्चले युवाहरूलाई आफ्ना विचार, आकांक्षा र सुझाउ साझा गर्ने अवसर प्रदान गर्नेछ, जसले विकसित भारतको दृष्टिकोणलाई अझ सुदृढ़ बनाउनेछ।

केन्द्रिय मन्त्री मनसुख मण्डावियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा गरेको पोस्टप्रति प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीले देशको युवा शक्ति अद्भुत उत्साह र बेजोड जज्बाका साथ सशक्त तथा समृद्ध राष्ट्र निर्माणका लागि दृढसंकल्पित रहेको बताए। उनले विकसित भारत यङ्ग लिडर्स डायलगमार्फत युवाहरूसँग संवाद गर्न आफू उत्सुक रहेको र १२ जनवरीमा उनीहरूसँग भेटघाट हुने कुरा पनि उल्लेख गरे।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande