प्रधानमन्त्री मोदीले श्री सोमनाथ ट्रस्टको बैठकको अध्यक्षता गरे
PM modi in somnath mandir


नयाँ दिल्ली, ११ जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार साँझ श्री सोमनाथ ट्रस्टका सदस्यहरूसँग बैठक गरे। बैठकका क्रममा उनले सोमनाथ तीर्थयात्रालाई अझ व्यवस्थित, सुविधाजनक र स्मरणीय बनाउने उपायहरूमाथि विस्तृत छलफल गरे।

बैठकपश्चात प्रधानमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै सोमनाथमा रहनु आफैंमा सौभाग्यको अनुभूति भएको उल्लेख गरेका छन्। उनले सोमनाथलाई हाम्रो सभ्यतागत वीरता र गौरवको प्रतीक बताए छन्।

प्रधानमन्त्रीले भने, यो यात्रा सोमनाथ स्वाभिमान पर्वको अवसरमा भइरहेको छ, जब सन् १०२६ मा सोमनाथ मन्दिरमाथि भएको पहिलो आक्रमणको एक हजार वर्ष पूरा भएको स्मरण पूरा देशले गरिरहेको छ। यस अवसरमा प्राप्त जनताको आत्मीय स्वागत र स्नेहका लागि उनले हृदयदेखि आभार व्यक्त गरेका छन्।

अर्को पोस्टमा प्रधानमन्त्री मोदीले भने, आज साँझ सोमनाथमा श्री सोमनाथ ट्रस्टको बैठकको अध्यक्षता गर्ने अवसर प्राप्त भयो। बैठकमा मन्दिर परिसरको पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न पक्षहरूको समीक्षा गरियो र सोमनाथ तीर्थयात्रालाई अझ स्मरणीय बनाउने उपायहरूमाथि विचार–विमर्श गरियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande