
मीरजापुर, 13 जनवरी (हि.स.)। मंगलवार उत्तर प्रदेशको मिरजापुरको मड़िहान थाना क्षेत्र अन्तर्गत पटेहरा गाउँमा एउटा भयानक दृश्य देखियो जसले सम्पूर्ण क्षेत्रलाई स्तब्ध बनायो। एक युवकले आफ्नी सौतेनी आमा र सौतेनी भाइको धारिलो हतियारले निर्ममतापूर्वक हत्या गर्दा पारिवारिक सम्बन्धको पवित्रता चकनाचुर भयो।
स्वर्गीय प्रेमचन्द गुप्ताका छोरा राहुल गुप्ताले अचानक आफ्नी सौतेनी आमा उषा गुप्ता (55) र सौतेनी भाइ आयुष गुप्ता (30) माथि आक्रमण गरे। आयुषको घटनास्थलमै मृत्यु भयो। घटनाको जानकारी पाएपछि पुलिसले गाउँमा पुगेर आयुषको शव आफ्नो कब्जामा लिएऱ पोस्टमार्टमको लागि पठायो।
आरोपी राहुलले पुलिसलाई आफ्नी सौतेनी आमा उषा गुप्ताको शवलाई नहरमा फ्याँकेको बताएपछि घटनामा सनसनी बढ्यो। यसपछि पुलिस टोलीले नहरमा शव खोज्न थाल्यो। आरोपीलाई हिरासतमा लिइएको छ र सोधपुछ भइरहेको छ।
घटनापछि गाउँ शोकमा डुबेको छ। पारिवारिक विवाद कसरी यति भयानक परिणाममा पुग्यो भनेर मानिसहरू छक्क परेका छन्। अपर पुलिस अधीक्षक अपरेशन मनीष मिश्रले अभियुक्तलाई पक्राउ गरिएको र कानूनी कारबाही भइरहेको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी