मणिपुरको कामजोंग जिल्लामा 15 एकड़ अफिमको खेती नष्ट
मणिपुरको कामजोंग जिल्लामा 15 एकड़ अफिमको खेती नष्ट


कामजोङ (मणिपुर), 15 जनवरी (हि.स.)। कमजोङ जिल्लाको फुंगयार थाना अन्तर्गत लुंगफू हिल रेञ्जमा सुरक्षा बल, वन विभाग तथा कार्यपालक दण्डाधिकारीको संयुक्त टीमले अवैध अफिमको खेती विरोधी अभियान संचालन गरी लगभग 15 एकड़मा फैलिएको अफिमको फसलाई नष्ट गरिदियो।

अधिकारीहरूले आज बताए, यो कारबाही जिल्लामा अवैध अफिमको खेतीमाथि लगाम लगाउने उद्देश्यले गरिएको हो। चिन्हित क्षेत्रमा रहेको सब अफिमको फसललाई घटनास्थलमै नष्ट गरियो। प्रशासनले स्पष्ट पाऱ्यो, अवैध खेती र त्योसित जोड़िएका अपराधहरूमाथि रोक लगाउनको लागि यस्तो संयुक्त अभियानलाई आगामी दिनमा पनि जारी राखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande