नीति आयोगको प्रतिनिधिमण्डलद्वारा राज्यपालसॅंग शिष्टाचार भेट
नीति आयोगको प्रतिनिधिमण्डलद्वारा राज्यपालसॅंग शिष्टाचार भेट


गान्तोक, 15 जनवरी (हि.स.)। नीति आयोगका उपाध्यक्ष डा. समुन के. बेरीले आज लोक भवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। उपाध्यक्ष बेरीसॅंग उनकी धर्मपत्नी मैत्रेयी के. बेरी, आयोगका सदस्य प्रो. रमेश चन्द, राज्य सलाहकार, नीति आयोग (सिक्किम) मेजर जनरल के. नारायणन, उपाध्यक्षका निजी सचिव ए. माथुकुमार एवं राज्य नोडल अधिकारी (सिक्किम) नीति आयोग, दरपाजीत सेनगुप्ता पनि उपस्थित थिए।

लोक भवन अनुसार, राज्यपाल र नीति आयोगको प्रतिनिधिमण्डलबीच विभिन्न महत्वपूर्ण विषयहरूमाथि सार्थक चर्चा भयो। यसमा सडक एवं हवाई सम्पर्कलाई सुदृढ बनाउन, भाइब्रेन्ट भिलेज योजना अन्तर्गत सुदूर ग्रामहरूको विकासमा तीव्रता ल्याउन, जैविक उत्पादहरूका लागि उपयुक्त बजार उपलब्ध गराउनु जस्ता विषयहरूमा विशेष ध्यान दिइयो।

राज्यपाल माथुरले विशेष रूपमा सडक सम्पर्कलाई सिक्किमको जीवन रेखा बताउॅंदै पर्यटन क्षेत्र, जुन राज्यको आजीविकाको प्रमुख साधन हो, यसैमाथि निर्भर रहेको अवगत गराए। नीति आयोगले सडक सम्पर्कलाई सुदृढ बनाउन ठोस कदम उठाउने उनले आशा व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande