
नाम्ची, 15 जनवरी (हि.स.)। नाम्ची जिल्लाको मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव (एपीएस) विष्णु शर्मा आज लेगसेप हिङदाम जीपीयूमा आयोजित 77औं गणतन्त्र दिवस समारोहमा मुख्य अतिथिका रूपमा सहभागी बने। उनको साथमा विधायकका ओएसडी शिवकुमार राई, पञ्चायतगण तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
यस अवसरमा खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। मुख्य अतिथि शर्माले आयोजक एवं यस कार्यक्रमलाई सफल बनाउन संलग्न सबैको सराहना गरे। उनले राष्ट्रको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्दै सबैलाई गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल