25 हजार ग्याङ्ग्स्टर भिड़न्तमा पक्राउ
25 हजार ग्याङ्ग्स्टर भिड़न्तमा पक्राउ


बागपत, 15 जनवरी (हि.स.)। उत्तर प्रदेशको बागपत पुलिसले बुधवार राति भएको इन्काउन्टरमा 25 हजारको इनामी ग्याङ्ग्स्टरलाई पक्राउ गरेको छ। अभियुक्तमाथि उत्तर प्रदेश र हरियाणामा धेरै मुद्दाहरू छन्।

बागपत जिल्लाको छपरौली थाना पुलिसले हिजो राति भएको इन्काउन्टरपछि 25 हजार इनामी रहीसूद्दीनका छोरा इमरानलाई पक्राउ गरेको छ। अभियुक्त विरूद्ध ग्याङ्ग्स्टर सहित सहित धेरै मुद्दाहरू दर्ता छन्। पक्रा परेको अपराधी इमरानले उत्तर प्रदेश र हरियाणामा धेरै आपराधिक कार्यहरू गरेको छ। इन्काउन्टरपछि बागपत जिल्लाको मावी कला गाउँको निवासी इमरानदेखि 315 बोरको पेस्तोल, कारतूस र मोटरसाइकल जफत गरिएको छ।

छपरौली कोतवाली इन्चार्ज आशिष कुमारले भने, भिड़न्तपछि इमरान पुलिसको गोलीले घाइते भएको थियो र उसलाई अस्पतालमा भर्ती गरिएको छ। अभियुक्त विरुद्ध कानूनी कारबाही भइरहेको छ। इमरान छपरौली थानामा भारतीय दण्ड संहिताको धारा 190, 191 अन्तर्गत वाञ्छित अपराधी हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande