
जलपाईगुड़ी, 15 जनवरी (हि. स.)। आठ सूत्रीय मागलाई लिएर बिहीवार जिल्लाको राजगञ्जमा आशा कर्मीहरूले ज्ञापन पत्र सुम्पिए। पश्चिम बंगाल आशा कर्मी यूनियनको आह्वानमा राजगञ्ज ब्लकका विभिन्न ग्राम पञ्चायतहरूबाट आएका दुई सयभन्दा अधिक महिला आशा कर्मीहरूले यस ज्ञापन कार्यक्रममा भाग लिए।
यस अवसरमा राजगञ्ज ब्लकका आशा कर्मीहरूले भने, आज उनीहरू आफ्नो आठ सूत्रीय मागलाई लिएर प्रशासन समक्ष आएका छन्। मागहरूमा मुख्य गरी निम्नलिखित कुराहरू उल्लेख गरिएको छ-
1)आशा कर्मीहरूलाई अविलम्ब स्वास्थ्यकर्मीको दर्जा दिइयोस्।,
2)न्यूनतम मासिक 15 हजार रुपियाँ वेतन प्रदान गरियोस्।,
3)प्रोत्साहन राशि सहित सबै बाँकीको तत्काल भुक्तान गरियोस्।,
4)कार्यरत अवस्थामा मृत आशा कर्मीको परिवारलाई 5 लाख रुपियाँको क्षतिपूर्ति दिइयोस्। यस अतिरिक्त अन्य मागहरूलाई पनि सामेल गरी ज्ञापन पत्र सुम्पिइएको छ।
आन्दोलनरत् आशा कर्मीहरूले स्पष्ट रूपमा भने, अहिलेघरि उनीहरूको कार्यबहिष्कार जारी छ। यदि उनीहरूको मागलाई शीघ्र पूरा गरिएन भने आगामी दिनमा उनीहरू अझ व्यापक आन्दोलन गर्न बाध्य हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा