गणतन्त्र दिवसपूर्व एलओसीमा बीएसएफको कड़ा निगरानी
गणतन्त्र दिवसपूर्व एलओसीमा बीएसएफको कड़ा निगरानी


जम्मू,, 15 जनवरी (हि.स.)। 26 जनवरीको गणतन्त्र दिवसलाई मध्यनजर गर्दै सुरक्षा एजेन्सीहरूले कश्मीर उपत्याकामा सतर्कता तथा निगरानीलाई अझ कड़ा बनाएका छन्। उत्तर कश्मीरमा सीमा सुरक्षा बल (बीएसएफ)-ले एलओसी औ अन्तर्राष्ट्रिय सीमामा गस्ती तथा निगरानी बढ़ाएको छ। गुप्तचर एजेन्सीहरूबाट प्राप्त इनपुट्स पश्चात कुपवाड़ा, बारामूला, बान्दीपोरा र गुरेज सेक्टरमा पारम्परिक तथा अपारम्परिक अनुप्रवेशको मार्गमा कड़ा नजर राखिँदैछ। बान्दीपोरा सेक्टरमा बीएसएफले ड्रोन, नाइट भिजन डिभाइस औ प्यान-टिल्ट-ज़ूम क्यामरा सहित हाईटेक निगरानी उपकरण तैनाथ गरेको छ। बीएसएफ डीआईजी एन.आर. बाबूले बताए, एलओसीमा अतिरिक्त जवानहरूलाई तैनाथ गर्नको साथै दिन-रात फुट पेट्रोलिंगलाई बढ़ाइएको छ। हिमपात हुने आशंकालाी ध्यानमा राखेर पनि सुरक्षा बलहरू पूर्ण रूपमा सतर्क छन्। स्थानीय पुलिस एवं गुप्तचर एजेन्सीहरूसित समन्वय राखेर शान्ति कायम राख्ने प्रयास जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande