बागडोगरा पुलिसले हराएका 30 वटा मोबाइल जफत गरी असली मालिकलाई फर्काइदियो
बागडोगरा पुलिसले हराएका 30 वटा मोबाइल जफत गरी असली मालिकलाई फर्काइदियो


सिलगढ़ी, 15 जनवरी (हि.स.)। हराएको मोबाइल फोन जफत गर्नमा बागडोगरा थाना पुलिसले उल्लेखनीय सफलता हासिल गरेको छ। थाना क्षेत्रबाट भिन्न-भिन्न समयमा चोरी वा हराएका 30 वटा मोबाइल फोनहरूलाई जफत गरी पुलिसले त्यसको वास्तविक मालिकहरूलाई बिहीवार सुम्पिदियो।

पुलिस सूत्र अनुसार पछिल्लो एक वर्षमा बागडोगरा थाना अधिनस्थ विभिन्न क्षेत्रबाट मोबाइल फोन हराएको वा चोरी भएको सिकायत दर्ता गरिएको थियो। यी मामिलाहरूको जाँच गर्ने क्रममा बागडोगरा थाना पुलिसले तकनिकी सहायताको माध्यमबाट मोबाइलको लोकेशन ट्र्याक गरी त्यसलाई सफलतापूर्वक हासिल गऱ्यो। आज एकसाथ 30 जना मानिसहरूलाई उनीहरूले गुमाइसकेको मोबाइल फोन फर्काइयो।

यी मोबाइल फोनहरूलाई बागडोगरा थानाका ओसी पप्पु सिंहद्वारा सुम्पिइयो। आफूले गुमाइसकेको मोबाइल फेरि पाउँदा मानिसहरू खुशी भए। केही मानिसहरूले बताए, उनीहरूले आफ्नो फोन पुनः पाउने आशा छोड़िसकेका थिए।

-

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande