बाँकुड़ा–जयरामबाटी रेल सम्पर्क शुरू, 18 जनवरीमा उद्घाटन, 19 देखि नियमित सेवा
बाँकुड़ा–जयरामबाटी रेल सम्पर्क शुरू, 18 जनवरीमा उद्घाटन, 19 देखि नियमित सेवा


बाँकुड़ा, 15 जनवरी (हि.स.)। रेलपथ मार्फत अब माँ शारदाको स्मृतिसित जोड़िएको जयरामबाटीसम्म पुग्न सहज हुनेछ। दक्षिण-पूर्व रेलवेले बाँकुड़ा–मयनापुरबीच चल्ने लोकल मेमू ट्रेनको रूटको विस्तार जयरामबाटीसम्म गरेको छ। आगामी 18 जनवरीमा बाँकुड़ा-जयरामबाटी-बाँकुड़ा लोक मेमूको उद्घाटन गरिनेछ भने 19 जनवरीदेखि यो ट्रेन प्रतिदिन नियमित रूपमा चल्नेछ।

बिहीवार रेलवे सूत्रले बताए अनुसार उद्घाटनको दिन 18 जनवरीमा 08095 जयरामबाटी–बाँकुड़ा मेमूको विशेष संचालन हुनेछ। यो ट्रेन अपरान्ह 2:45 बजी जयरामबाटीदेखि प्रस्थान भएर साँझ 5:15 बजी बाँकुड़ा पुग्नेछ। उद्घाटन दिवसमा यो ट्रेन जयरामबाटी फर्किनेछैन।

19 जनवरीदेखि नियमित समय-सारिणी अन्तर्गत 68096/68095 मेमू बाँकुड़ा र जयरामबाटीबीच दिउँसो एक-एक पटक अप अनि डाउन चल्नेछ। बाँकुड़ादेखि प्रस्थान : साँझ 6:25 बजी जयरामबाटी आगमन : राति 8:00 बजी

जयरामबाटीदेखि प्रस्थान : राति 8:10 बजी बाँकुड़ा आगमन : राति 10:00 बजी यो मेमू ट्रेन बाँकुड़ा र जयरामबाटीबीच आठ वटा स्टेशनहरूमा रोकिनेछ जस्तै—भेदुआशोल, ओंदाग्राम, रामसागर, विष्णुपुर, बिरसा मुण्डा, गोकुलनगर–जयपुर, मयनापुर र बड़गोपीनाथपुर।

रेल सम्पर्क शुरू भएपछि जयरामबाटीको पर्यटनले प्रोत्साहन पाउनको साथै वरपरका ग्रमीण क्षेत्रका मानिसहरूलाई बाँकुड़ा शहरसम्म आवागमन गर्न सुविधा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande