ब्याङ्क ऋण जालझेल मामिला: कोलकातामा सीबीआईको पाँच ठाउँ छापा
ब्याङ्क ऋण जालझेल मामिला: कोलकातामा सीबीआईको पाँच ठाउँ छापा


कोलकाता, 15 जनवरी (हि.स.)। केन्द्रिय जाँच ब्यूरो (सीबीआई)-ले बिहिवार ब्याङ्क ऋणसित जोड़िएको कैयौं कड़ोर रुपियाँको जालझेल मामिलामा कोलकाता सहित वरपरका पाँच वटा स्थानमा छापामारी तथा खोजी अभियान संचालन गऱ्यो। यस कारबाहीमा केन्द्रिय सशस्त्र पुलिस बलका जवानहरू पनि सीबीआई अधिकारीहरूसितै उपस्थित थिए।

सूत्र अनुसार छापामारी भएका स्थानहरूमा क्रमैले दक्षिण कोलकाताको पश इलाका, अलिपुर र कोलकाताको उत्तरी बाहिरी क्षेत्र न्यू टाउन सामेल छन्। भनिन्छ, यो कारबाही कोलकातामा सक्रिय केही प्रभावशाली व्यापारीहरूको आवासमा गरिँदैछ।

जाँच एजेन्सीलाई सिकायत प्राप्त भएको थियो, सम्बन्धित मानिसहरूले ब्याङ्कबाट ऋण लिनका लागि आवश्यक दस्तावेजहरूमा जालझेल गरी कड़ोरौं रुपियाँ हासिल गरे। यो छापामारी ब्यांक अधिकारीहरूद्वारा दर्ता सिकायतको आधारमा गरिएको हो।

जानकारी मुताविक अलिपुरमा एकजना प्रभावशाली महिला उद्यमीको आवासमा पनि खोजी गरिँदैछ। यस अवधि सामान्यभन्दा अधिक संख्यामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ।

सूत्रको भनाइ छ, केन्द्रिय एजेन्सीहरूको पछिल्लो कारबाही अवधि सृजित परिस्थितिलाई ध्यानमा राखेर अतिरिक्त सुरक्षाको व्यवस्था गरिएको हो। यसबीच मामिलासित सम्बन्धित एक महत्वपूर्ण सुनवाई बिहिवार सर्वोच्च न्यायालयमा प्रस्तावित छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande