भारत मुक्ति मोर्चा, राष्ट्रिय पछौटे वर्ग मोर्चा, बहुजन क्रान्ति मोर्चा औ राष्ट्रिय परिवर्तन मोर्चाले डीएम कार्यालय घेराउ गरे
भारत मुक्ति मोर्चा, राष्ट्रिय पछौटे वर्ग मोर्चा, बहुजन क्रान्ति मोर्चा औ राष्ट्रिय परिवर्तन मोर्चाले डीएम कार्यालय घेराउ गरे


आसनसोल, 15 जनवरी (हि. स.)। भारत मुक्ति मोर्चा, राष्ट्रिय पछौटे वर्ग मोर्चा, बहुजन क्रान्ति मोर्चा तथा राष्ट्रिय परिवर्तन मोर्चाद्वारा बिहीवार जिल्लाधिकारी कार्यालयको घेराउ गरियो।

भारत मुक्ति मोर्चाका सदस्य उत्पल बाउरीले बताए, देशका 725 जिल्लाहरूमा एकसाथ चार वटा संगठनहरूको पक्षबाट डीएम कार्यालय घेराउ गरिँदैछ। उनले भने, स्वतन्त्रताको लगभग 75 वर्ष बितिसक्दा पनि पछौटे अनुसूचित जाति, अनुसूचित जनजाति, अल्पसंख्यक वर्गहरूलाई बुनियादी सुविधासम्म प्राप्त भएको छैन। उनीहरूलाई आधारभूत हक पनि प्राप्त भएको छैन। यसको विरोधमा देशभरिका सबै जिल्लाहरूमा डिस्ट्रिक्ट मेजिस्ट्रेट (डीएम) कार्यालयको घेराउ गरिँदैछ।

उनले भने, यसपूर्व गत 7 जनवरीमा डीएम कार्यालयलाई पूर्व सूचना दिइएको थियो। त्यसपछि 22 जनवरीमा एक महाऱ्याली निकालिनेछ। यो ऱ्याली बीएनआर मोड़देखि डीएम कार्यालयसम्म पुग्नेछ।

उनले भने, राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टीले भारतवर्षका धरती पुत्रहरूसित सौतैनी आमाको व्यवहार गरिरहेको छ। यसको विरोधमा आगामी 22 फरवरीमा नागपुरको राष्ट्रिय स्वयंसेवक संघको मुख्यालय घेराउ गरिनेछ।

उनले आरोप लगाउँदै भने, उड़िसामा भारत मुक्ति मोर्चाको पक्षबाट राष्ट्रिय अधिवेशन आयोजना गर्नुथ्यो। तर राष्ट्रिय स्वयंसेवक संघ र उड़िसाको भाजपा सरकारले यसमाथि रोक लगाइदियो।

उनले भने, भारत मुक्ति मोर्चासित राष्ट्रिय अधिवेशन आयोजना गर्नको लागि सबै प्रकारका अनुमति थियो। तथापि अधिवेशन आयोजना गर्न दिइएन। यसको प्रमुख कारण हो, राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टीले चाहँदैन कि देशका धरतीपुत्रले आफ्नो आवाजलाई गुञ्जयमान गराओस्। तर यस्तो हुन दिइनेछैन। आगामी 22 जनवरीमा महाऱ्याली निकालिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande