आईआईटी खड़गपुरमा सरोदको स्वर-लहरी, उस्ताद अमजद अली खानले जिते सबैको मन
आईआईटी खड़गपुरमा सरोदको स्वर-लहरी, उस्ताद अमजद अली खानले जिते सबैको मन


खड़गपुर, 15 जनवरी (हि.स.)। भारतीय सांस्कृतिक विरासत औ शैक्षणिक उत्कृष्टताको अनुपम संगम गए बुधवार साँझ भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुरमा देख्न पाइयो। पद्म विभूषण उस्ताद अमजद अली खानले 11औं स्पिक मैके अन्तर्राष्ट्रिय सम्मेलन- 2026 को कर्टन रेजर कार्यक्रममा आफ्नो सरद वादनबाट श्रोताहरूलाई मन्त्रमुग्ध तुल्याए। यो आयोजन आईआईटी खड़गपुरको 75औं प्लेटिनम जयनन्ती समारोहको पनि एक महत्वपूर्ण भाग हो।

कार्यक्रमको शुभारम्भ आईआईटी खड़गपुरका कार्यवाहक निदेशक प्रो. रिन्टू ब्यनर्जी, रजिस्ट्रार क्याप्टन अमित जैन सहित अन्य गणमान्य मानिसहरूको उपस्थितिमा भएको थियो। नेताजी अडिटोरियममा आयोजित यस कार्यक्रममा संस्थानका विद्यार्थी, शिक्षक, कर्मचारी एवं अतिथिगणको व्यापक उपस्थिति रहेको थियो। स्पिक मैके आईआईटी खड़गपुर च्याप्टरद्वारा आयोजित यस संगीतमय सन्ध्याले समग्र शिक्षा तथा सांस्कृतिक चेतनाप्रति संस्थानको प्रतिबद्धतालाई रेखांकित गऱ्यो।

यस अवसरमा स्पिक मैके आईआईटी खड़गपुर च्याप्टरका प्रमुख प्रो. सी. एस. कुमारले भने, यो एउटा संगीत कार्यक्रम मात्र नभएर एक आध्यात्मिक अनुभव पनि थियो जसले संस्थानको आत्मालाई स्पन्दित तुल्यायो।

उस्ताद अमजद अली ख़ानको साथमा तबलामा पं. मिथिलेश झा औ युवा तबला वादक रोहन बोसले संगत दिए। कार्यक्रम लोकप्रियता भएको अनुमान यसबाट लगाउन सकिन्छ कि एस.एन. बोस अडिटोरियम दर्शकहरूले भरिएको थियो भने रमन अडिटोरियममा लाइभ प्रसारणको माध्यमबाट ठूलो संख्यामा श्रोताहरूले प्रस्तुतिको आनन्द उठाए।

यो कार्यक्रम 25-देखि 31 मईबीच आयोजना हुने 11औं स्पिक मैके अन्तर्राष्ट्रिय सम्मेलनको श्रृङ्खलाको शुरुआत हो। अघिल्लो कर्टन रेजर कार्यक्रम 23 जनवरीमा प्रसिद्ध मोहन वीणा वादक पण्डित विश्व मोहन भट्टको प्रस्तुतिसितै आयोजना हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande