
राँची, 15 जनवरी(हि.स.)। झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन दावोसमा आयोजना भइरहेको विश्व आर्थिक फोरममा सामेल हुनका लागि बिहीवार ज्यूरिख पुगे। त्यहाँ एयरपोर्टमा भारतीय राजदूत मृदुल कुमारले मुख्यमन्त्री सोरेनलाई स्वागत गरे।
मुख्यमन्त्रीले सोशल मीडिया पोस्ट एक्समा लेखेका छन्, राजदूत मृदुल कुमारसित भेट गर्न पाउँदा अत्यन्त प्रसन्नता भयो। म प्रकृतिसित सामञ्जस्य राखेर समावेशी विकासमाथि केन्द्रित बैठकमा झारखण्ड तथा भारतको प्रतिनिधित्व गर्नका लागि उत्सुक छु। खनिज सम्पदाले परिपूर्ण झारखण्ड राज्य खनन, विनिर्माण, पूर्वाधार औ हरित ऊर्जा क्षेत्रहरूमा निवेशको व्यापक अवसर प्रदान गर्छ।
उल्लेखनीय छ, दावोसमा विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)- को वार्षिक बैठक हुनेछ। यसको उद्देश्य निवेशका संभावनाहरू रहेको झारखण्डलाई एक प्रमुख निवेशको गन्तव्यको रूपमा प्रस्तुत गर्नु हो। वैश्विक उद्योग जगतका शीर्ष मानिसहरूसित सम्वाद स्थापना गर्नुछ। राज्यको फोकस एरियामा निवेशका नयाँ अवसरहरूलाई अगाड़ि बढ़ाउनु छ। यस अवधि बहुराष्ट्रिय कम्पनीहरूसित निवेशका प्रस्तावहरूमाथि चर्चा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा