खरसाङमा भूतपूर्व सैनिकहरुद्वारा सेना दिवस पालन
Army day observed


खरसाङ, 15 जनवरी (हि.स.)। खरसाङमा भारतीय भूतपूर्व सैनिक लिग खरसाङ शाखाको आयोजनामा आज भारतीय सेना दिवस पालन गरिएको छ। संगठनको खरसाङस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमबीच सेना दिवस पालन गरियो।।

खरसाङ शाखाका उप सभापति क्याप्टन बिमल प्रधानको अध्यक्षता र सचिव पुरण थामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको शुरुवात राष्ट्रिय झण्डा उत्तोलनपछि राष्ट्रिय गान गाएर गरिएको थियो। यसपछि, उपस्थित भूतपूर्व सैनिकहरुले देशका लागि शहीद भएका बीर जवानहरुलाई श्रद्धञ्जली अर्पण गरे।

कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ शाखाका सचिव पुरण थापाले सबैलाई सेना दिवसको शुभकामना दिॅंदै प्रत्येक वर्ष 15 जनवरीको दिन सेना दिवस पालन गर्ने‌ गरिएको बताए। उनले 15 जनवरी, 1949 मा सर्वप्रथम भारतीय सेनाको नेतृत्व सेना प्रमुखलाई दिएको ऐतिहासिक घटनाको सम्झना गर्दै सेना दिवस पालन गरिन्छ भनी बताए।

उनले सेना दिवस भारतीय सेनाको सौर्य, बलिदान र देशप्रतिको निष्ठाको प्रतीक रहेको बताए। उनले देश रक्षामा भारतीय सेनाको महत्वपूर्ण भूमिका रहेको पनि उल्लेख गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande