इमरान नबी दारले भने- ईरानबाट जम्मू र कश्मीरका मानिसहरूलाई चाँड़ै फर्काइनेछ
इमरान नबी दारले भने- ईरानबाट जम्मू र कश्मीरका मानिसहरूलाई चाँड़ै फर्काइनेछ


जम्मू,, 15 जनवरी (हि.स.)। जम्मू-कश्मीरमा नेशनल कन्फ्रेन्सका प्रवक्ता इमरान नबी दारले भने, वर्तमान सरकारले ईरानमा बढ़्दो अशान्तिको स्थितिमाथि लगातार नजर राखिरहेको छ र हरेक दिनको घटनाक्रमको समीक्षा पनि गरिरहेको छ। उनले भने, ईरानमा रहेका जम्मू-कश्मीरका सबै विद्यार्थीगण, व्यवसायी तथा अन्य मानिसहरूलाई चाँड़ै नै सुरक्षित रूपमा देशमा फर्काइनेछ। इमरान नबी दारले बताए, आज बिहान मुख्यमन्त्रीले यस मुद्दामा विदेश मन्त्रीसित बातचित गरे जसमा विदेशमन्त्री एस. जयशंकरले पूर्ण आश्वासन दिए कि सबै विद्यार्थी तथा परिवारहरूलाई सुरक्षित रूपमा कश्मीरमा ल्याइनेछ। कसैलाई पनि त्यहाँ छोड़िनेछैन। उनले भने, अन्तिम निकासीको योजना विदेश मन्त्रालयले बनाउनेछ र हालैमा इजरायल-ईरान संकट अवधि अपनाइएको निकासी तन्त्रकै प्रक्रियालाई यसपालि पनि अप्नाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande