रोयल एफसी फुटबल टुर्नामेन्टको क्वार्टर फाइनलमा प्रवेश
Football tournament


खरसाङ, 15 जनवरी (हि.स.)। रोयल एफसी घैयाबारीमा चलिरहेको नगदराशि फुटबल टुर्नामेन्टको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्ट्स वेलफेयर एसोसिएशनद्वारा गत 3 जनवरीदेखि घैयाबारीस्थित नेताजी हाई स्कूलको खेलमैदानमा आयोजना भइरहेको यस टुर्नामेन्ट अन्तर्गत आज रोयल एफसी र माउन्टेन ट्रुपर्समाझ पहिलो राउन्डको अन्तिम खेल सम्पन्न भयो।

यस खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भयो। दोस्रो हाफमा रोयल एफसीको तर्फबाट अभिषेक लामाले गोल गरेर आफ्नो टिमको जित सुनिश्चित गरे। दोस्रो हाफमा प्रतिद्वन्दी दलले गोल गर्ने धेरै प्रयास गरे तापनि गोल गर्न सकेन। यस जितका साथै रोयल एफसीले क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यस खेलमा रोयल एफसीका अभिषेक लामालाई म्यान अफ् द म्याच प्रदान गरियो।

भोलि, 16 जनवरीदेखि क्वार्टर फाइनल खेल शुरू हुनेछ। टुर्नामेन्ट आयोजक संघका सदस्य वाङ्दी लामाले यस टुर्नामेन्टमा जम्मा 16 वटा टिमले‌ सहभागिता जनाइरहेको र टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुने बताए। यस टुर्नामेन्टको विजेतालाई ट्रफीसहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande