सोनादामा अण्डर 15 विन्टर फुटबल कोचिङ जारी
Football coaching


सोनादा, 15 जनवरी (हि.स.)। सोनादा उच्चतर माध्यमिक विद्यालयको आयोजनामा अण्डर 15 विन्टर फुटबल कोचिङ जारी रहेको छ। यस अण्डर 15 विन्टर फुटबल कोचिङमा प्रशिक्षकहरू बुद्ध तामाङ र दोर्जी तामाङ र सहायक प्रशिक्षक प्रभाकर रहेका छन्।

कोचिङ गत 15 दिसम्बर, 2025 देखि शुरू भएको हो भने आगामी 27 जनवरी, 2026 सम्म चल्नेछ। कोचिङ प्राप्त गरिरहेका 15 वर्ष मुनिका नानीहरूको संख्या 20 जनाभन्दा अधिक रहेको बताइएको छ। कोचिङमा सहभागी बन्ने सबैलाई प्रमाणपत्र र व्यक्तिगत रुपमा जर्सी प्रदान गरिने भएको छ।‌

यस कोचिङमा सहभागी नानीहरुले बालासनमा हुने नगदराशि अण्डर 15 फुटबल टुर्नामेन्टमा‌ भाग लिने मौका पाएको पनि जानकारी गराइएको छ। टिमले उक्त फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरिसकेको छ‌। यस अण्डर 15 विन्टर फुटबल कोचिङको उद्देश्य नानीहरुलाई मोबाइल फोन र ड्रग्सबाट टाडा राखेर खेलकूदमा ध्यानाकर्षण गराउनु रहेको बताइएको छ‌।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande