सब-ट्राफिक गार्डको नयाँ कार्यालयको उद्घाटन
सब-ट्राफिक गार्डको नयाँ कार्यालयको उद्घाटन


सिलगढ़ी, 15 जनवरी (हि. स.)। सिलगढ़ीको माटीगाड़ा पालपाड़ा मोड़स्थित बालासन सब-ट्राफिक गार्डको नयाँ कार्यालयको उद्घाटन पुलिस कमिश्नर सी. सुधाकरले गरे।

नयाँ कार्यालयबाट अब माटीगाड़ा थाना अन्तर्गत राष्ट्रिय राजमार्ग र वरपरका क्षेत्रहरूको यातायात व्यवस्थालाई नियन्त्रण गरिनेछ।

उद्घाटनको अवसरमा सामाजिक दायित्व निर्भाह गर्दै बाल-बालिकाहरूलाई स्कूल ब्याग, आवश्यकतामा रहेकाहरूलाई कम्बल वितरण गरिनको साथै रक्तदान शिविरको पनि आयोजना गरियो। यस अवसरमा डीसीपी हेडक्वार्टर तन्मय सरकार, डीसीपी राकेश सिंह, डीसीपी ट्राफिक काजी शम्सुद्दीन अहमद सहित वरिष्ठ अधिकारीगण उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande