रंगापाराकी युवती अमृता छेत्रीलाई राष्ट्रपति भवनबाट विशेष निम्तो
रंगापाराकी युवती अमृता छेत्रीलाई राष्ट्रपति भवनबाट विशेष निम्तो


शोणितपुर, 15 जनवरी (हि.स.) शोणितपुर (असम)। जिल्लाको रंगापारा शहरको वार्ड नम्बर एक, खेरनी बस्ती निवासी अमृता छेत्रीलाई आगामी 26 जनवरीमा दिल्लीमा आयोजना हुने गणतन्त्र दिवसको मुख्य समारोहमा भाग लिनका लागि राष्ट्रपति भवनबाट निम्तो आएको छ। राष्ट्रपति भवनद्वारा पठाइएको निमन्त्रण पत्र तेजपुर मण्डलका डाक निरीक्षकद्वारा अमृता छेत्रीको आवासमा उपस्थित भएर औपचारिक रूपमा उनलाई सुम्पिइयो।

रंगापाराकी अमृता छेत्रीलाई वर्ष 2022–23 मा रंगापारा नगरपालिकाको माध्यमबाट प्रधानमन्त्री आवास योजना (शहर) अन्तर्गत एउटा सरकारी दिइएको थियो। गरीब परिवार भए पनि अमृताले सरकारद्वारा प्राप्त धनराशिको दुरूपयोग नगरी आफूले थोरै बचाएर राखेको धनराशिबाट त्यस सरकारी घरलाई सुन्दर रूपमा निर्माण गरिन्। सरकारी आवासलाई सुन्दर रूपमा निर्माण गरेकोमा लाभार्थी अमृतालाई राष्ट्रपति भवनको पक्षबाट विशेष आमन्त्रण गरिएको छ।

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूद्वारा अमृतालाई विशेष रूपमा सम्मानित गरिनेछ। यसै अवधि रंगापारा एक नम्बर वार्डका कमिश्नर स्वपन धर अनि असम प्रदेश भाजपा सदस्य अनिर्बान भट्टचार्यले रंगपारा खेरनी बस्ती एक नम्बर वार्ड निवासी अमृता छेत्रीलाई फुलाम गमछा ओड़ाएर सम्मानित गर्द उनलाई शुभकामना दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande