
नाम्ची, 15 जनवरी (हि.स.)। जोरथाङ फुटबल स्टेडियममा चलिरहेको 11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कर्प फुटबल प्रतियोगिता अन्तर्गत आज सिङलिङ स्पोर्टिङ क्लब, सिक्किम र सुदेवा दिल्ली एफसीबीच रोमाञ्चक खेल सम्पन्न भयो। यस अवसरमा मल्लीका विधायक एनबी प्रधान मुख्य अतिथि तथा गान्तोक नगर निगमकी उपमेयर छिरिङ पाल्देन भोटिया विशिष्ट अतिथि थिए।
प्रतिष्ठित माघे संक्रान्ति मेला 2026 को एक भागमा रूपमा आयोजित यस प्रतियोगितामा सुदेवा दिल्ली एफसीले प्रतिद्वन्दी सिङलिङ स्पोर्टिङ क्लबलाई 2-1 गोलको अन्तरले पराहित गऱ्यो। विजेता दलका खेलाडी विश्वदेव बसुमतारीलाई म्यान अफ् द म्याच चयन गरियो।
यस फुटबल प्रतियोगिताको आयोजना जोरथाङ फुटबल एसोसिएशनले राज्य खेलकुद एवं युवा मामिला विभाग, सिक्किम फुटबल एसोसिएशन र माघे संक्रान्ति मेला आयोजक समिति 2026 ले संयुक्त रूपमा गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल