मुख्यमन्त्री तामाङले 'एस्पायरिङ लिडर अवार्ड' को लागि राज्यवासीहरूलाई दिए हार्दिक बधाई
ps tamang


राष्ट्रिय स्टार्टअप दिवस २०२६ मा सिक्किम सरकार 'इमर्जिङ लिडर' अवार्डले सम्मानित


- यो मान्यताले स्टार्टअप इकोसिस्टमलाई बढ़ावा दिने सिक्किमको दृढ़ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ: मुख्यमन्त्री

गान्तोक, 17 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय स्टार्टअप दिवस 2026 मा 'एस्पायरिङ लिडर अवार्ड' ले पुरस्कृत बनेकोमा राज्य वाणिज्य एवं उद्योग विभाग, उद्यमी समुदाय र सिक्किमका सबै सरोकारवालाहरूलाई हार्दिक बधाई दिएका छन्। उनले राज्यको लागि उक्त पहिलो राष्ट्रिय स्टार्टअप मान्यताले स्टार्टअप इकोसिस्टमलाई बढावा दिने सिक्किमको दृढ़ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनी उल्लेख गरेका छन्।

उल्लेखनीय छ, नयॉं दिल्लीमा शुक्रवार स्टार्टअप इण्डिया आन्दोलनको 10 वर्ष पूरा भएको अवसरमा मनाइएको राष्ट्रिय स्टार्टअप दिवस २०२६ मा सिक्किम सरकारलाई प्रतिष्ठित 'एस्पायरिङ लिडर अवार्ड' ले सम्मानित गरिएको छ। पुरस्कार समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा जारी आफ्नो बधाई सन्देशमा सिक्किमले प्राप्त गरेको यस पुरस्कारको लागि सिक्किम सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट राज्य वाणिज्य एवं उद्योग विभाग, उद्यमी समुदाय र सिक्किमका सबै सरोकारवालाहरूलाई हार्दिक बधाई दिॅंदै सराहना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले भने, 'राज्यको लागि यो पहिलो राष्ट्रिय स्टार्टअप मान्यताले जीवन्त, समावेशी र नवप्रवर्तन-सञ्चालित स्टार्टअप इकोसिस्टमलाई बढ़ावा दिने सिक्किमको दृढ़ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।' उनले राज्य वाणिज्य एवं उद्योग विभाग मन्त्री टीटी भोटिया, सचिव कर्म डी. युत्सो, विशेष सचिव छोडेन ग्यात्सो र निर्देशक रवि कुमारसहित उनको टोलीलाई उनीहरूको अनुकरणीय नेतृत्व र समर्पित योगदानको सराहना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले यस उपलब्धिलाई सबै अधिकारीहरू, उद्यमीहरू, स्टार्टअपहरू र इकोसिस्टम साझेदारहरूको सामूहिक सफलता ठहर गरेका छन्। उनले सिक्किमलाई उत्तरपूर्वी क्षेत्रमा नवप्रवर्तन-नेतृत्व र समावेशी विकासको केन्द्रको रूपमा स्थापित गर्न प्रगतिशील नीतिहरू, इन्क्युबेशन समर्थन, र वित्तमा पहुँच बढाउने माध्यमबाट उद्यमशीलतालाई अझ सुदृढ़ पार्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेका छन्। यसैगरी, उनले निरन्तर समर्थन, मार्गदर्शन र प्रोत्साहनको लागि भारत सरकारप्रति पनि आफ्नो हार्दिक आभार पनि व्यक्त गरेका छन्

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande