निखिल राभा जातीय परिषदको वर्षीक समारोहको तयारी पूर्ण
निखिल राभा जातीय परिषदको वर्षीक समारोहको तयारी पूर्ण


उदालगुरी (असम), 17 जनवरी (हि.स.)। उदालगुरी जिल्लाको टंगलामा निखिल राभा जातीय परिषदको वार्षिक समारोहको तयारी लगभग पूरा भइसकेको छ। आगामी 19-देखि 23 जनवरीसम्म पाँच दिवसीय कार्यक्रमको साथमा यो अधिवेशन आयोजना गरिनेछ। आयोजक समिति प्रतिदिन लगभग 50 हजार मानिसहरूलाई स्वागत गर्ने तयारीमा जुटेको छ।

यस अवसरमा बौद्धिक परिचर्चादेखि लिएर आमसभासम्म, स्थानीय खाद्य पदार्थदेखि लिएर राभा जातीय परिधान, साहित्य औ संस्कृतिसित जोड़िएका विभिन्न झलकहरू प्रस्तुत गरिनेछ। नेपाल, भुटान लगायत असम तथा सम्पूर्ण उत्तर-पूर्वी क्षेत्रका सबै राज्यहरूबाट अतिथि एवं प्रतिनिदिहरू यसमा सामेल हुनेछन्।

उदालगुरी जिल्लाको टंगलास्थित हाबिगाउँ रामचन्द्र समन्वय क्षेत्रमा निखिल राभा जातीय परिषदको यो वर्षिक समारोह आयोजना हुनेछ। लगभग 300 बिघा भूमिमा लगभग तीन कड़ोर रुपियाँको लागतमा यो अधिवेशन सम्पन्न गरिनेछ। आमसभामा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, मेघालयका मुख्यमन्त्री कोनराड के. संगमा, केन्द्रिय मन्त्री सर्बानन्द सोनोवाल, विधानसभा अध्यक्ष विश्वजीत दैमारी सहित बीटीसी प्रमुख हग्रामा मोहिलारी एवं अन्य केही नेताहरू उपस्थित रहनेछन्।

कार्यक्रमको मञ्च, शिविर, विश्राम स्थल र प्रवेश द्वार सहित सबै संरचनाहरू प्राकृतिक रूपमा उपलब्ध स्थानीय सामग्रीहरू—नरिवल, बाँस, बेत र काठबाट निर्माण गरिएको छ तथा आकर्शक प्रकाश सज्जा पनि गरिएको छ। आयोजक समितिले सबै मानिसहरूसित कार्यक्रममा सहयोग एवं सक्रिय सहभागिताको अपील गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande