
-यो सम्मान उत्तराखण्डको लागि गर्वको विषय हो: मुख्यमन्त्री
देहरादून, 17 जनवरी (हि.स.)। भारत सरकारको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गत उद्योग सम्वर्धन एवं आन्तरिक व्यापार विभाग (डीपीआईआईटी)- द्वारा जारी स्टेट स्टार्टअप इकोसिस्टम ऱ्याकिंग (5औं संस्करण)- मा उत्तराखण्डलाई मजबुत स्टार्टअप इकोसिस्टम विकसित गरे बापत ‘लीडर’ श्रेणीमा मान्यता प्रदान गरिएको छ। राष्ट्रिय स्टार्टअप दिवसको अवसरमा उत्तराखण्ड सरकारको उद्योग विभागलाई यस उपलब्धिको निम्ति प्रशंसा प्रमाण पत्र प्रदान गरियो।
यस सम्मानबाट यो स्पष्ट हुन्छ कि उत्तराखण्डमा स्टार्टअप नीतिको माध्यमबाट नवाचार, उद्यमिता, निवेश प्रोत्साहन औ युवाहरूलाई स्वरोजगारसित जोड़्नमा सफल भएको छ जसलाई अब राष्ट्रिय स्तरमा प्रशंसा गरिँदैछ। उत्तराखण्डको उपलब्धिलाई राष्ट्रिय स्तरमा एउटा मोडलको रूपमा हेरिँदैछ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले भने, यो सम्मान उत्तराखण्डको लागि गर्वको विषय हो। हाम्रो सरकारले स्टार्टअपलाई प्रोत्साहित गर्नको लागि अनुकूल नीति, सरल प्रक्रिया तथा सशक्त इकोसिस्टमलाई विकसित गरेको छ। राज्यका युवाहरूमा नवाचारको अद्भुत क्षमता छ र सरकारले हरेक स्तरमा उनीहरूलाई सहयोग प्रदान गरिरहेको छ। यो उपलब्धि राज्यका सबै उद्यमी, स्टार्टअप्स तथा अदिकारीहरूको सामूहिक प्रयासको परिणाम हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा