
नयाँ दिल्ली, 17 जनवरी (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले अन्तरराज्यिय ड्रग सिण्डिकेटका एक जना सदस्यलाई पक्राउ गरेको छ। आरोपी मादक पदार्थको एक मामिलामा विगत लामो समयदेखिकै भागेको थियो।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त हर्ष इन्दौराले शनिवार बताए, तिमारपुर आरोपी निखिल (28) वर्तमानमा पालम कलोनीको साध नगर क्षेत्रमा बस्दै आएको थियो। आरोपी विरूद्ध थाना भलस्वा डेयरीमा मादक पदार्थको मामिला दर्ता छ जुन मामिलामा 400 ग्राम हेरोइन जफत गरिएको थियो जसको सप्लाईको श्रोत निखिल रहेको बताइएको थियो। रोहिणी कोर्टको विशेष एनडीपीएस अदालतले उसलाई 01 मई, 2025-मा भगौड़ा घोषित गरेको थियो।
पुलिस उपायुक्त अनुसार गत 16 जनवरीमा क्राइम ब्राञ्चलाई आरोप साध नगर क्षेत्रमा आइरहेको गुप्त सूचना प्राप्त भयो। त्यसपछि इन्स्पेक्टर सतीश मलिकको निगरानीमा विशेष टीम गठन गरियो। तकनिकी निगरानी पश्चात आरोपीको लोकेशन ट्रेस गरी साध नगर, पालम कलोनीमा छापा मारियो जहाँबाट उसलाई पक्राउ गरियो। खानतलासीमा आरोपीबाट एउटा मोबाइल फोन र 4 लाख 34 हजार 300 रुपियाँ नगद पनि जफत गरियो। पुलिसको भनाइ छ, आरोपी दिल्ली-एनसीआरमा सक्रिय एक संगठित गिरोहको लागि हेरोइन सप्लाई गर्थ्यो। जाँचबुझमा आरोपीले आफ्नो अपराधलाई स्वीकार गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा