आतिशीले अपमानजनक शब्द बेलेकी छैनन्, सरकारले राजनीति गरिरहेको छ: सौरभ भारद्वाज
आतिशीले अपमानजनक शब्द बेलेकी छैनन्, सरकारले राजनीति गरिरहेको छ: सौरभ भारद्वाज


नयाँ दिल्ली, 17 जनवरी (हि.स.)। दिल्ली विधानसभामा नेता प्रतिपक्ष आतिशीसित सम्बन्धित भीडियोलाई लिएर आम आदमी पार्टी (आआपा) -का दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले आरोप लगाए, भीडियोलाई सच्याइएको छ। उनले भने, भीडियोलाई दुई प्रकारले सच्याउन सकिन्छ। पहिलो- आवाजमा ‘गुरु’ शब्द हालेर यो देखाउनु कि आतिशीले गुरूजीको अपमान गरेकी छन्। दोस्रो-हो-हल्लाबीच ‘गुरु’ शब्द लेखेर यो भ्रम उत्पन्न गर्नु कि आतिशीले यस्तो भनिन्। भारद्वाजले दाबी गरे, भीडियोमा यस्तो कुनै शब्द सुनिँदैन जबकि त्यसमाथि लेखिएको शब्दलाई सच्याइएको छ।

आआपा प्रदेश कार्यालयमा शनिवार आयोजित पत्रकार वार्तामा सौरभ भारद्वाजले भने, दिल्ली सरकारको फोरेन्सिक रिपोर्टले स्पष्ट रूपमा यो बताएको छैन कि आतिशीले ‘गुरु’ शब्द भनिन् कि भनिनन्। रिपोर्टमा शब्दशः बयान दर्ता हुनुपर्थ्यो, तर यस्तो गरिएन। पञ्जाब सरकारले जाँच गराउँदा दिल्ली विधानसभाले पञ्जाब सरकारबाट रिपोर्ट माग्नु पर्थ्यो। उनले भने, भीडियोलाई कपिल मिश्राको एक्स अकाउन्टबाट सोझै डाउनलोड गरी जाँचको लागि पठाइएको थियो, त्यसैले चेन अफ कस्टडीको प्रश्नै उठ्दैन।

भारद्वाजले भने, भाजपाका केही नेताहरूले जाँचमा प्रश्न उठाइरहेका छन् कि आतिशीको आवाजको नमूना लिइएन। तर दिल्ली सरकारले पनि आवाजको नमूना नलिएपछि जाँच कसरी गरियो। सिकायत विधानसभाको भीडियोलाई लिएर थिएन जबकि त्यस भीडियोलाई लिएर थियो जसलाई सोशल मीडियामा साझा गरिएको थियो। आतिशीले जब कुनै यस्तो शब्द बोलेकै छैनन् भने जाँचमा कसरी आउँछ?

उल्लेखनीय छ, दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले शनिवार पत्रकार वार्तामा भने, शीतकालीन सत्रमा सर्वसम्मतिले आतिशीको भीडियोको फोरेन्सिक जाँच गराउने निर्णय लिइएको थियो। उनले आरोप लगाए, पञ्जाब सरकारले नाटकीय ढंगमा जाँच पूरा गरी रिपोर्ट पनि जारी गऱ्यो साथै एफआईआर पनि दर्ता गऱ्यो। गुप्ताले भने, विधानसभालाई प्राप्त विस्तृत फोरेन्सिक रिपोर्टमा स्पष्ट रूपमा भनिएको छ, भीडियो र अडियोलाई कुनै पनि प्रकारले सच्याइएको छैन र यो पूर्ण रूपले मूल हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande